इक्यान कास्कीमा ओमप्रकाश गैरे, सचिवमा सुरेन्द्र बराल चयन

पाेखरा | पुस २, २०८१

इक्यान कास्कीमा ओमप्रकाश गैरे, सचिवमा सुरेन्द्र बराल चयन

पोखरा:   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीमा नयाँ नेतृत्व चयन भएकाे छ ।

 

शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
 

इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए ।

 

अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही (सन्तोष) पुन: दोहोरिए । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भए ।

 

उपाध्यक्ष बाहेकका पदाधिकारीका लागि सहमति नभएपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।

 

अध्यक्षमा विश्वकल्याण अधिकारीलाई पराजित गदै गैरे निर्वाचित भएका हुन् । सचिवमा गणेश कार्कीलाई पराजित गदैँ बराल निर्वाचित भएका हुन् । भने, कोषाध्यक्षमा रुद्र गिरीलाई पराजित गदैँ क्षेत्री निर्वाचित भए ।

 

यस्तै सदस्यहरुमा डम्बरबहादुर जिसी, विक्रम बहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल सर्वसम्वत चयन भए । निर्वतमान अध्यक्ष कार्यसमितिमा स्वत: चयन हुने व्यवस्था अनुसार रमेशकुमार थापासहित ९ सदस्यीस नयाँ समिति बनेको छ ।  निर्वाचित नयाँ समितिको कार्यकाल दुइ वर्षको हुनेछ ।
 

इक्यानले संघको अधिवेशनका लागि पुष्पराज भट्टराईलाई प्रतिनिधि खटाएको थियो ।
 

इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरी पाण्डे, इक्यान उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष इवेन्द्रराज तिवारी र सल्लाहकार महेश पौडेलले बोलेका थिए ।

साधारण सभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशबहादुर कार्कीको आर्थिक प्रतिवेदन पास गरेको छ । संघमा ५० संस्था आवद्ध छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्